लक्ष्मी भट्ट/अत्तरिया– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८३ सालको जेठ महिनामा कैलालीमा कुल २३० सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा १३ जनाको मृत्यु, १०१ जना गम्भीर घाइते तथा १७८ जना सामान्य घाइते भएका छन्।



सूचना अधिकारी सीताराम बिष्टका अनुसार दुर्घटनामा संलग्न सवारी साधनमध्ये मोटरसाइकल १४० वटा सहित सबैभन्दा बढी रहेका छन्। त्यसैगरी साइकल २९, टेम्पो २१, कार/जिप १८, ट्र्याक्टर ७, टिप्पर ६, बस ४, माइक्रो ४, डोजर १ र अन्य १ सवारी साधन दुर्घटनामा परेका छन्।


दुर्घटनामा मृत्यु हुनेमध्ये ११ पुरुष, १ महिला र १ बालिका रहेका छन्। त्यस्तै गम्भीर घाइतेमध्ये ६५ पुरुष, २४ महिला, १० बालक र २ बालिका रहेका छन्।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्न सबैमा आग्रह गरेको छ।