अब राष्ट्रिय परिचयपत्र आफैं डाउनलोड गर्न सकिने

काठमाण्डौ- सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने नयाँ सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालनमा ल्याएको हो।

विभागको वेबसाइट
राष्ट्रिय परिचयपत्र नागरिक पोर्टल
मार्फत नागरिकले आफ्नो फोटो र अनलाइन भेरिफिकेसन क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यो व्यवस्था सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत लागू गरिएको हो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्ने विभागले जनाएको छ।

अब सार्वजनिक निकाय तथा संस्थाहरूले कार्डमा रहेको क्यूआर कोड स्क्यान गरेर देखिने विवरण र नागरिकले प्रस्तुत गरेको परिचयपत्रको विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ।

Loading...