हरिश चन्द/डडेल्धुरा- डडेल्धुरा तिन विद्यालयमा विद्यार्थि उद्यमशीलता विकासका लागि प्रवर्तनात्मक कार्यक्रम प्रभावकारि बन्दै गएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको सही पहिचान गर्दै विद्यार्थि वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय ईकाइ डडेल्धुराले नमुनाको रुपमा जिल्लाका तिन विद्यालयमा कार्यक्रम संचालन गरेको हो ।


ग्रामीण क्षेत्रका बिद्यालय किसोर किसारीहरूमा सिपका साथै सकारात्मक सोचको विकास गर्न र उनीहरूलाई उद्यमशीलता तर्फ आकर्षित गर्न यो कार्यक्रम कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । परम्परागत र सैद्धान्तिक शिक्षाले मात्रै बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सकिदैन विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उद्यमशीलताको भावना र प्राविधिक ज्ञानको विकास गराउन आवश्यक रहेको शिक्षा विकास तथा समन्वय प्रमुख खडक बहादुर महताले बताउनु भएको छ ।



विद्यालयलाई केवल किताबी ज्ञान दिने थलो मात्र नबनाई जीवनोपयोगी सीप सिकाउने केन्द्रको रूपमा विकास गर्न यस द्यिालयका ६० जाना विद्यार्थिले ४ क्युन्टल आँपको अचार बनाएको छ । ६० जना विद्यार्थिलाई एक हजारका दरले पढाई सगै कमाएको छन् । बजारिकरणका लागि आफूहरू लागिपरेको भागेश्वर माध्यमिक विद्यालय परशुराम नगरपालिका वडानं.१ सलुनका प्रध्यानाध्यापक करबिर सिह बोहराको राख्नुभयो । प्रध्यानाध्यापक करबिर सिह बोहरा
विद्यालयका प्रधानाध्यापक बोहराले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमहरू विद्यालय प्राङ्गणमा आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । समन्वयकै अनुदानमा सिद्धनाथ माध्यमिक विद्यालय परशुराम नगरपालिका १२मा बिधुत वाईरिङ्ग कार्यक्र संचालन गरिएको थियो । वाईरिङ्ग वाट ३५ जना छात्र छात्रा हरुले लाभ लिएको विद्यालयले जनाएको छ ।
किशोरावस्थामा सही मार्गदर्शन नपाउँदा धेरै किसो किसारी आफ्नो लक्ष्यबाट विचलित हुने खतरा रहन्छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिप ,मनोबल उच्च भएको विद्यार्थिको भनाई छ । शिक्षक र अभिभावकले पनि विदार्थिहरूको चाहना र क्षमतालाई बुझेर उनीहरूलाई सही मार्ग देखाउनुपर्नेमा जिल्ला समन्वयन समतिका समन्वय प्रमुख गगन सिह भण्डारीले जोड दिनुभयो । विद्यार्थिहरूको सिप सिक्नुका साथै हक, हित र क्षमता विकासका लागि निरन्तर क्रियाशील रहने बताउनुभयो ।
विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई प्रत्यक्ष रूपमा व्यावसायिक मोडेलमा उतार्ने अवसर पाएका छन् । शिक्षा पूरा गरेपछि जागिर खोज्ने मानसिकता परिवर्तन भई आफैं उद्यम सुरु गर्ने र अरूलाई रोजगारी दिने सोचको विकास भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्राविधिक सहायक गोपाल दत्त पाण्डेयको भनाई छ ।