कञ्चनपुरमा धानखेतीका लागि डिएपी मल अभाव

कञ्चनपुर- जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“हामीसित मौज्दात मल यहाँका १५० सहकारीमार्फत किसानसम्म वितरण गरिरहेका छौँ”, उनले भने , “कञ्चनपुरका लागि हरेक वर्ष गहुँ र धानखेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ ।”

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ । “हामीले जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै भएको मल वितरण गर्दैछौँ”, उहाँले भन्नुभयो, “मल अभाव हुने विषय देशव्यापी समस्या हो । त्यसमा पनि सुदूरपश्चिमको कोटा कम छ ।”

उहाँले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताउनुभयो । खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ । रासस

Loading...