

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ । आइतबार राति वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी फरेको वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिए ।



‘छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएको छ, चार्जरसहित ल्यापटप चोरी भएको छ, अन्य कम्प्युटरका तार पनि चुडालेको छ’, अध्यक्ष भट्टले भने ।


चोरीको विषयमा प्रहरीलाई जानकारी गराएलगत्तै टोलि खटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।