सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत पुग्ने अनुमान

धनगढी- आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र क्रमशः सुदृढ बन्दै गएको बताएका छन्।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ भने कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, प्रदेशवासीको प्रतिव्यक्ति आय बढेर १,१५३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

Navadurga sun

चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशको उपभोक्ता मूल्य सूचकाङ्क ११४.३ पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ। यसैगरी प्रदेशको कुल आन्तरिक आय १ अर्ब १० करोड ५५ लाख रुपैयाँ पुगेको छ।

प्रदेश सरकारले विकास निर्माण तथा प्रशासनिक कार्य सञ्चालनका लागि सोही अवधिमा ७ अर्ब ७७ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ। यसमध्ये ४ अर्ब ५१ करोड २६ लाख रुपैयाँ चालु खर्च र ३ अर्ब २६ करोड २४ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

आर्थिक सर्वेक्षणले उत्पादन, आय, राजस्व तथा विकास खर्चका सूचकहरूमा सुधार देखाउँदै सुदूरपश्चिम प्रदेश आर्थिक स्थायित्व र विकासको दिशामा अघि बढिरहेको संकेत गरेको छ। साथै आगामी दिनमा उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना र पूर्वाधार विकासमा थप लगानी केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...