हिमाली र पहाडी क्षेत्रमा वर्षा सक्रिय, कोशीमा भारी पानी पर्ने सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली भएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी पहाडी तथा तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Navadurga sun

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले वर्षासँगै चट्याङ, बाढी तथा पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...