गेटा आँखा अस्पतालको विवाद अन्त्य, व्यवस्थापन समिति र संघर्ष समितिबीच सहमति

अत्तरिया- कैलालीस्थित गेटा आँखा अस्पतालमा लामो समयदेखि जारी विवाद अन्त्य गर्दै व्यवस्थापन समिति र संघर्ष समितिबीच महत्वपूर्ण सहमति भएको छ। अस्पताल सुधार, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर दुवै पक्षबीच समझदारी भएको हो।

संघर्ष समितिले अस्पतालमा राजनीतिक हस्तक्षेप अन्त्य, स्वास्थ्यकर्मीहरूको सेवा–सुविधा तथा पदोन्नति सुनिश्चित, स्थानीय सहभागिता वृद्धि, चिकित्सक पदपूर्ति, गैरकानूनी ठेक्का प्रथाको अन्त्य, शुद्ध खानेपानी तथा शौचालय व्यवस्थापन, बिरामीमैत्री सेवा र आय–व्यय सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएको थियो।

Navadurga sun

सहमति अनुसार अवकाशपछि करारमा कार्यरत तीन कर्मचारीको सेवा २०८३ असारपछि नथप्ने, प्रशासनिक गतिविधिमा विवादित भनिएका गोविन्द जोशीलाई सरुवा गर्ने तथा उठाइएका मागहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। साथै, सहमति कार्यान्वयन नभएमा व्यवस्थापन समितिले एक महिनाभित्र राजीनामा दिई मार्गप्रशस्त गर्ने सहमति समेत भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...