

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा प्रथम पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिकांश पालिकामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको जनाइएको छ।


नयाँ नेतृत्वअनुसार धनगढी उपमहानगरपालिकामा तुलाराम खनाल, टीकापुर नगरपालिकामा गोविन्द विष्ट, जानकी गाउँपालिकामा कलावती चौधरी तथा जोशीपुर गाउँपालिकामा विनोद चौधरी चयन भएका छन्।



त्यसैगरी लम्कीचुहा नगरपालिकामा नामकर खनाल, मोहन्याल गाउँपालिकामा महेश विष्ट, बर्दगोरिया गाउँपालिकामा केशव भण्डारी, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी, गौरीगङ्गा नगरपालिकामा सागर सिंह, कैलारी गाउँपालिकामा रेबन्त बोहोरा, भजनी नगरपालिकामा भरत साउद तथा गोदावरी नगरपालिकामा आशिष धामी को नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ।
रास्वपाका केन्द्रीय सार्वजनिक मामिला विभाग सदस्य हरि रेग्मी का अनुसार अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको हो। कैलारी गाउँपालिकामा भने सभापतिका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरी बीच प्रतिस्पर्धा भएको थियो। दुवैले २३–२३ मत प्राप्त गरेपछि गोला प्रथाबाट बोहोरा सभापतिमा चयन भएका थिए।
१३ वटै पालिकामा नयाँ कार्यसमिति गठन सम्पन्न भएपछि रास्वपा कैलालीको जिल्ला सम्मेलन आइतबारदेखि सुरु भएको छ।