

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार भएको मतदानमा उनले ३३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।



सभापतिका अर्का उम्मेदवार महेश कुमार चौधरी ले ३७ मत तथा हरि रेग्मी ले २२ मत प्राप्त गरेका छन्। उपसभापतिमा रामलखन चौधरी १५२ मतसहित विजयी भए। सचिवमा मदनराज जोशी तथा सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।


सदस्य पदमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिपबहादुर धामी विजयी भएका छन्। यस्तै निर्वाचन क्षेत्रगत सदस्यमा कैलाली–१ बाट टंकप्रसाद जैशी ढुंगाना, २ बाट कृष्णबहादुर बिष्ट, ३ बाट बासुदेव घरेडी र ४ बाट दुर्गा अधिकारी निर्वाचित भएका छन्।
निर्वाचनअघि सभापतिका उम्मेदवार हरि रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। उनीहरूको बहिष्कारका बाबजुद मतदान प्रक्रिया अघि बढाइएको थियो। कुल ५०८ मतदाता रहेको निर्वाचनमा ३३५ मत खसेको थियो।