

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुईजनाको मृत्यु भएको छ ।



सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।


सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ ।
प्रहरी निरीक्षक भाटका अनुसार गाउँनजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु भएको हो ।