

प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलाली गोदावरी नगरपालिका वडा नं. १० को वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि योजना तथा कार्यक्रमहरू छनोट गर्न टोल भेला आयोजना गर्ने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र कार्यान्वयन गरिने विकास निर्माणका योजना तथा कार्यक्रमहरूको आयोजना प्रस्ताव फाराम भर्नका लागि सम्पूर्ण सरोकारवाला तथा वडाबासीहरूलाई भेलामा उपस्थित हुन अनुरोध गरेको छ ।


वडा अध्यक्ष रविन्द्र शाहीद्वारा हस्ताक्षरित सूचना अनुसार, वडा सदस्यहरूको संयोजकत्वमा विभिन्न मिति, समय र स्थानमा टोल भेलाहरू सञ्चालन हुनेछन् ।


टोल भेलाको विस्तृत विवरण यस प्रकार छ:
१. मिति: २०८३ जेठ १९ गते
-
बिहान ०८:०० बजे: आदर्श युवा क्लबको भवन, खमौरा
-
बेलुका ५:०० बजे: ग्वासी घण्टेश्वर सामुदायिक भवन, खमौरा
-
सम्पर्क व्यक्ति: वडा सदस्य श्री शेर बहादुर तामाङ (मो.नं. ९८६८७९४७५४)

२. मिति: २०८३ जेठ २० गते
-
बिहान ०८:०० बजे: सितापुर चौराहा
-
बेलुका ५:०० बजे: भागेश्वरी टोल सान्निकोट मन्दिर
-
सम्पर्क व्यक्ति: वडा सदस्य श्री जित बहादुर जैगडी (मो.नं. ९८४८४४३९१६)
३. मिति: २०८३ जेठ २१ गते
-
बिहान ०८:०० बजे: शिवरामपुर टोल शिव मन्दिर
-
बेलुका ५:०० बजे: मिलन चोक दमैरा
-
सम्पर्क व्यक्ति: वडा सदस्य श्री बन्दना सुनार (मो.नं. ९८६८४०५१४५)
वडाको समग्र विकास र आवश्यकता अनुसारका योजनाहरू छनोट गर्नका लागि यो भेला महत्वपूर्ण हुने भएकाले आ-आफ्नो टोलको भेलामा सक्रिय सहभागी भई योजना प्रस्ताव गर्न वडा कार्यालयले सम्पूर्ण वडाबासीहरूमा हार्दिक अपिल गरेको छ ।
