

धनगढी- कैलाली र कञ्चनपुरबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ। शनिवार गरिएको विशेष चेकिङका क्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट ती सवारी साधनहरू बरामद गरिएको प्रहरीले जनाएको छ।



सवारी साधन चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न र अवैध रूपमा सञ्चालित सवारी साधनहरूमाथि निगरानी बढाउन प्रदेशभर चेकिङ कार्यलाई थप कडाइ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।


नियन्त्रणमा लिइएका सवारी साधनहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको तथा चेकजाँच र निगरानीलाई तीव्र पार्ने क्रममा पछिल्लो २४ घण्टाभित्र ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।