सुदूरपश्चिम राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

धनगढी- सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ।

प्रतियोगितामा कञ्चनपुर ४३ पदकसहित दोस्रो तथा आयोजक डडेलधुरा ३० पदकसहित तेस्रो स्थानमा रह्यो। डडेलधुराले ६ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल भयो। बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगिताभर ६६ स्वर्ण, ६६ रजत र १०० कास्यसहित कुल २३२ पदक वितरण गरिएको थियो।

समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारकी सरस्वती खड्काले खेलकुद युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडीहरूले एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल र कबड्डीलगायत विधामा प्रतिस्पर्धा गरेका थिए। छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई यसै वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिने जनाइएको छ।

आयोजकका अनुसार प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, स्वस्थ प्रतिस्पर्धा तथा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Loading...