सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित विभिन्न जिल्लाहरुको स्थलगत अवलोकन पछि प्रधानमन्त्री धनगढीमा

अत्तरिया, ४ कार्तिक– प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित विभिन्न जिल्लाहरुको स्थलगत अवलोकन गर्नु भएको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्री देउवा धनगढी आइपुगेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रधानमन्त्री देउवा आज दिनभर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री देउवाले डोटीको दिपायल, बझाङ्गको थलारा सदरमुकाम चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कञ्चनपुरको महाकाली क्षेत्रको अवलोकन समेत गरेका छन् ।

Navadurga sun

प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य लगायतका विषयमा जानकारी लिएका छन् ।प्रधानमन्त्रीसँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत  रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...