

त्तरिया- अत्तरिया को पहाड रोड क्षेत्रमा बिहीबार दुईवटा अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा पेट्रोलबाट चल्ने अटो र ईभी अटो संलग्न रहेका छन्।



ट्राफिक प्रहरी कार्यालय अत्तरिया का अनुसार दुवै अटो एउटै दिशातर्फ गइरहेका बेला मोडिने क्रममा आपसमा ठोक्किएका थिए। ठक्करपछि अटोमा सवार केही यात्रु घाइते भएका छन्।


घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको पद्मा अस्पताल मा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित बनेको थियो भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय अत्तरिया ले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।