गोदावरीमा वन अतिक्रमण हटाउने अभियान सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ अन्तर्गत पर्ने सूर्योदय सामुदायिक वन क्षेत्रमा गरिएको अवैध अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले दिएको १५ दिने अल्टिमेटमपछि वन क्षेत्रमा बनाइएका अस्थायी संरचना हटाउन थालिएको हो।

डिभिजन वन कार्यालय धनगढी को नेतृत्वमा सुरु गरिएको अभियानअन्तर्गत वन क्षेत्रमा निर्माण गरिएका टहरा तथा अस्थायी संरचनाहरू हटाइँदै छन्। वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुर को नेतृत्वमा खटिएको टोलीले अतिक्रमित क्षेत्र खाली गराउने कार्यलाई तीव्रता दिएको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

वन कार्यालयका अनुसार अतिक्रमण हटाएपछि उक्त क्षेत्रलाई पुनः हरियाली संरक्षण तथा वन व्यवस्थापनको दायरामा ल्याइनेछ। स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाइने तयारी गरिएको छ।

स्थानीयवासीले वन अतिक्रमणविरुद्ध सुरु गरिएको अभियानलाई सकारात्मक कदमका रूपमा लिएका छन्। वन क्षेत्रको संरक्षण, जैविक विविधताको रक्षा तथा दीर्घकालीन दिगो व्यवस्थापन सुनिश्चित गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिनुपर्ने उनीहरूको भनाइ छ।

सम्बन्धित निकायले वन क्षेत्रमा हुने अवैध गतिविधिमाथि कानुनी कारबाहीलाई कडाइ गरिने स्पष्ट पारेका छन्। साथै वन सुरक्षालाई थप मजबुत बनाउँदै आगामी दिनमा अतिक्रमण हुन नदिने गरी निगरानी बढाइने जनाइएको छ।

Loading...