

बैतडी- मेलौली क्षेत्रमा मंगलबार अपराह्नदेखि भारी असिना परेको छ। मेलौली नगरपालिका वडा नम्बर १, ५, ६ र ७ लगायतका स्थानमा करिब साढे ४ बजेदेखि असिना वर्षिएको हो।



नगर प्रमुख भीम चन्द का अनुसार एक्कासी ठूलो मात्रामा असिना परेकाले बालीनालीमा क्षति पुगेको अनुमान गरिएको छ। हिउँसमेत कमै पर्ने यस क्षेत्र असिनाले सेताम्मे बनेको उनले बताए।


यस्तै, मेलौली–१ का वडा अध्यक्ष शरद नेगी ले हालसालै लगाइएको मकैबाली पूर्ण रूपमा नष्ट भएको जानकारी दिएका छन्।
उनका अनुसार किसानहरूले केही दिनअघि मात्रै मकै छरेका थिए, तर भारी असिनाले बाली सखाप पारेपछि पुनः दोस्रो पटक रोपाइँ गर्नुपर्ने अवस्था आएको छ।