अछाममा चार दिनदेखि बेपत्ता युवती जङ्गलमा मृत फेला

अछाम- अछाममा चार दिनदेखि बेपत्ता भएकी एक युवती जङ्गलमा मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको मंगलसेन नगरपालिका–१३ बुडाबाँडाकी जितु साउँदकी १७/१८ वर्षीया छोरी अमृता साउँद जेठ ५ गतेदेखि बेपत्ता रहेकी थिइन्। उनी शुक्रबार घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रहरीका अनुसार जेठ ५ गते साँझ करिब ५ बजे “दाउरा लिन जान्छु” भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालले बताएका छन्।

घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Loading...