शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार पदका लागि आवेदन आह्वान

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।

Ganyapdhura gau

यी पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन आह्वान गरिएको हो।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गरिसक्नुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मानिने सूचनामा उल्लेख छ।

सूचनाअनुसार, शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन दर्ता गराउनुपर्नेछ। आवेदन कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यससम्बन्धी विस्तृत कार्यविधि तथा अन्य जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको समितिले जनाएको छ।

Couple
Loading...