कृष्णपुरमा निःशुल्क आँखा तथा ओठ–तालु शल्यक्रिया छनोट शिविर सुरु

अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर नगरपालिकामा आजदेखि निःशुल्क आँखा जाँच शिविर तथा ओठ–तालु फाटेका व्यक्तिहरूको शल्यक्रियाका लागि छनोट शिविर सुरु गरिएको छ । शिविरको उद्घाटन नगर प्रमुख हेमराज ओझा ले गरेका हुन् ।

Ganyapdhura gau

नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालयजीवा फाउन्डेसन को प्राविधिक सहयोगमा सञ्चालन भएको शिविर १४ दिनसम्म चल्नेछ। शिविरमार्फत नागरिकलाई निःशुल्क आँखा परीक्षण, चस्मा वितरण तथा शल्यक्रिया आवश्यक भएका बिरामीलाई धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने जनाइएको छ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

यसैगरी, जीवा फाउन्डेसनको सहयोगमा ओठ तथा तालु फाटेका नवजात शिशु र बालबालिकाको निःशुल्क शल्यक्रियाका लागि छनोट प्रक्रिया पनि सुरु गरिएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख ओझाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको बताए। उनले ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत विभिन्न बस्ती र वडामा पुगेर हजारौं नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरे।

स्वास्थ्य शाखा प्रमुख बन्सीराज भट्ट ले शिविर प्रभावकारी बनाउन पालिकाभित्रका सबै स्वास्थ्य संस्था परिचालन गरिएको जानकारी दिए। विभिन्न वडामा सञ्चालन हुने शिविरमा आँखा जाँच, चस्मा वितरण, मोतियाबिन्दुको शल्यक्रिया तथा ओठ–तालु फाटेका बालबालिकाको छनोट गरी सम्पूर्ण उपचार धनगढीस्थित निर्सग अस्पतालमा निःशुल्क गरिने उनले बताए।

नगरपालिकाले सबै नागरिकलाई समयमै शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

Couple
Loading...