

अत्तरिया- कैलालीको अत्तरियामा बुधबार बेलुकी तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।



जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार बेलुकी ५ः४५ बजे अत्तरिया क्षेत्रमा अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस मापन गरिएको हो ।


यो यस वर्ष हालसम्मकै उच्च तापक्रम रहेको कार्यालयले जनाएको छ । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार शाह का अनुसार न्यूनतम तापक्रम ३९.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

