रास्वपा गोदावरी नगर समितिको सामूहिक राजीनामा, स्थानीय राजनीतिमा बढ्यो चासो

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले सामूहिक रूपमा राजीनामा दिएको समाचारले स्थानीय राजनीतिक वृत्तमा निकै चासो पैदा गरेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

नगर सभापति दिपक ओझा का अनुसार यो निर्णय कुनै दबाब, विवाद वा असन्तुष्टिका कारण नभई नयाँ नेतृत्वलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन गरिएको बताइएको छ।

Navadurga sun
Godawari sandesh

समितिले संगठनलाई अझ सक्रिय, प्रभावकारी र गतिशील बनाउन नयाँ टोलीलाई अवसर दिन आवश्यक रहेको निष्कर्षसहित सामूहिक राजीनामा दिएको जनाएको छ। यसले गोदावरी क्षेत्रमा अब नयाँ नेतृत्व चयन, संगठन पुनर्गठन र आगामी रणनीतिबारे राजनीतिक बहस बढ्ने देखिन्छ।

विश्लेषकहरूले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक पुनर्संरचना, नेतृत्व हस्तान्तरण र आगामी राजनीतिक तयारीको संकेतका रूपमा पनि हेरेका छन्।

Couple
Loading...