बाघको आक्रमणबाट १ जना घाइते

धनगढी, ३ कार्तिक- कैलालीको टीकापुरमा बाघको आक्रमणबाट १ जना घाइते भएका छन् । घाइते हुनेमा टीकापुर नगरपालिका वडा नं.५ नुक्लीपुरका २२ वर्षीय दिपक चौधरी घाइते भएका हुन् ।

Dadeldhura hospital

साथीहरुसंग कर्णाली नदीमा आएको बाढी हेर्न जाने क्रममा बुधबार दिउँसो २ बजे टिकापुर पार्क जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चौधरीको दाहिने काधँमा दुई वटा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

घाइते चौधरीको टिकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्य ४ जना भने सकुशल रहेका छन् ।

Loading...