१५ वर्षसम्म पुल अधुरै छोड्ने निर्माण कम्पनीलाई १७ करोड बढी जरिबाना

बाजुरा- सडक डिभिजन कार्यालय साँफेबगर ले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल निर्माण सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना गरेको छ। डिभिजन कार्यालयले उक्त रकम असुल उपरका लागि प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।

कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाह का अनुसार पटक–पटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि सार्वजनिक सूचना जारी गर्दै जरिबाना प्रक्रिया अघि बढाइएको हो।

Navadurga sun

सडक डिभिजनले २०८३ मंसिर १५ गते नै ठेक्का रद्द गरेको थियो। त्यसपछि २०८३ चैत ९ गते ३५ दिने सूचना जारी गर्दै रकम दाखिला गर्न आग्रह गरिएको भए पनि कम्पनीले रकम नतिरेपछि अब अन्तिम कानुनी प्रक्रियातर्फ बढिएको कार्यालयले जनाएको छ।

सूचनामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७७ अनुसार सरकारी बाँकी सरह रकम असुल गर्न लगत कायमका लागि कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय मा पठाइने उल्लेख गरिएको छ।

बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने गुइगाड खोलाको पुल निर्माण सम्पन्न नहुँदा स्थानीयले अझै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...