बाजुरामा असिनापानीको त्रास: पाकेको गहुँबाली जोगाउने चिन्ता बढ्दो

बाजुरा- बाजुराका किसानहरू यतिबेला असिनापानीको जोखिमले निकै चिन्तित बनेका छन्। कात्तिकमा लगाइएको गहुँ अहिले पाक्ने अवस्थामा पुगेको छ, तर यही संवेदनशील समयमा लगातार असिना पर्न थालेपछि बाली नष्ट हुने डर बढेको हो।

Ganyapdhura gau

त्रिवेणी नगरपालिका का स्थानीय मानबहादुर नेपालीका अनुसार, “गहुँ पाकिसकेको छ, तर घरमा भित्र्याउन नपाउँदै असिनाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ।” उनले हिउँदे बालीमा असिनापानी र वर्षायाममा बाढीपहिरोको जोखिमले किसान सधैं अनिश्चिततामा रहने गरेको बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्लाका धेरै ठाउँमा गहुँ पहेँलपुर भइसकेको छ। खोला किनारका सिँचाइयुक्त क्षेत्रमा चैत–वैशाखमै बाली पाक्ने भए पनि पाखो जमिनमा वैशाख–जेठतिर मात्र पाक्ने गर्छ। बुढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका लगायत क्षेत्रमा गहुँ उत्पादन राम्रो हुने गरेको बताइन्छ।

किसानहरूले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल र स्वर्गद्वारी जस्ता उन्नत जातका साथै परम्परागत बिउ पनि प्रयोग गर्दै आएका छन्। यद्यपि, सिँचाइको अभाव अझै ठूलो चुनौती बनेको छ—जिल्लाको कुल जमिनमध्ये सीमित क्षेत्र मात्र खेतीयोग्य र अझ कम क्षेत्रमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।

कृषि प्राविधिकहरूका अनुसार गहुँ हिउँदे बाली भएकाले हिउँदमा पर्याप्त वर्षा भए उत्पादन राम्रो हुन्छ, तर असमयको असिनापानीले भने ठूलो क्षति पुर्‍याउन सक्छ। अहिलेको अवस्था हेर्दा किसानहरू आफ्नो मेहनत जोगाउन आकाशतिर हेरिरहन बाध्य भएका छन्।

Loading...