बाढीका कारण पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द

धनगढी, २ कार्तिक– कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नदीको पानी नजिकै रहेको बस्तीमा पसेर अन्दाजी ५० घर डुबाएको उनले बताए। साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ।

Dadeldhura hospital

यस्तै मंगलबार दिउँसो साढे १२ बजेतिर टीकापुर नगरपालिका–५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ। गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोडन लगाइएको छ।

Navadurga sun
Godawari sandesh

कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ। अहिलेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ८० सेन्टिमिटर पुगेको छ भने, नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिए। कर्णालीमा खतराको तह १०.८ मिटर मानिन्छ।

Loading...