गेटा बजारमा अनुगमन, म्याद नाघेका वस्तु बरामद

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै मंगलबार वडा नं. ५ स्थित गेटा बजारमा अनुगमन गरेको छ।

Ganyapdhura gau

नगरभित्र आइतबारदेखि सुरु गरिएको अनुगमन अभियान अन्तर्गत गेटा क्षेत्रमा रहेका विभिन्न पसलहरूमा जाँच गरिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत लोक बहादुर खड्काका अनुसार किराना, डेरी, होटल लगायतका ३२ वटा पसलमा अनुगमन गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा गरिएको अनुगमनका क्रममा करिब १३ हजार १६० रुपैयाँ बराबरका अखाद्य तथा म्याद नाघेका वस्तुहरू बरामद गरिएको छ।

बरामद गरिएका वस्तुहरू तत्काल नष्ट गरिएको नगरपालिकाले जनाएको छ। साथै, व्यवसायीहरूलाई गुणस्तरीय तथा म्यादभित्रका सामान मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको छ।

Couple
Loading...