अत्तरिया बजारमा १०५ पसल अनुगमन, अखाद्य वस्तु बरामद र नष्ट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा अत्तरिया बजारमा सोमबार पनि बजार अनुगमन जारी राखेको छ।

आइतबारदेखि सुरु गरिएको अनुगमन सोमबारसम्म आइपुग्दा पहाडरोड क्षेत्रका किराना, होटल, डेरीलगायत ६७ वटा पसलहरूमा निरीक्षण गरिएको हो।

Navadurga sun

अनुगमनका क्रममा अखाद्य तेल, खाजा–नास्तामा प्रयोग हुने कलरलगायतका सामग्रीहरू बरामद गरिएको छ। सोमबार मात्रै करिब ४ हजार ९७० रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरिएको नगरपालिकाले जनाएको छ। केही होटलहरूमा खान अयोग्य अवस्थामा पुगेको तेल पनि फेला परेपछि तत्काल नष्ट गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिकले मेसिनमार्फत तेलको गुणस्तर परीक्षण गरेका थिए। परीक्षणमा खान नमिल्ने देखिएपछि ती सामग्री नियन्त्रणमा लिइएको हो।

आइतबार र सोमबार गरी अत्तरिया बजारका कुल १०५ पसलहरूमा गरिएको अनुगमनबाट ७५ हजार १८० रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। नगरपालिकाले बजार अनुगमन मंगलबार पनि जारी रहने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...