शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै शिक्षा मन्त्री पोखरेललाई ६ बुँदे ज्ञापनपत्र

बुधवार आयोजित विश्वविद्यालय सभामा सहभागी हुन आएका सस्मित पोखरेल लाई सरोकार तथा समन्वय समितिले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा उक्त विश्वविद्यालय सुदूरपश्चिम प्रदेशका जनताको लामो संघर्ष र सपना भएको उल्लेख गर्दै २०७९ जेठ ४ गते संसदबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

Navadurga sun

समितिले विश्वविद्यालय सञ्चालनमा आएमा प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार हुने, रोजगारी तथा पर्यटनका अवसर बढ्ने र गम्भीर बिरामीलाई अन्य प्रदेश वा भारत जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेको छ।

ज्ञापनपत्रमार्फत ६०० शैय्याको आधुनिक शिक्षण अस्पताल सञ्चालन, MBBS लगायतका शैक्षिक कार्यक्रम सुरु, जग्गा व्यवस्थापन तथा पूर्वाधार विस्तार, शहीद दशरथ चन्दको सालिकसहित पार्क निर्माण, सुदूरपश्चिमका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता र स्थानीयलाई सिट तथा रोजगारीमा अवसर उपलब्ध गराउने माग अघि सारिएको छ। साथै विश्वविद्यालय सभामा समितिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा लोकराज पाण्डेय, धर्मसिंह कुँवर र आनन्द प्रसाद भट्ट लगायतका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...