शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा सुरु गर्न सरकारलाई दबाब

अत्तरिया- संघीय सांसद केपी खनालको नेतृत्वमा गएको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अविलम्ब चिकित्सा शिक्षा सञ्चालन गर्न पहल गरेको छ। टोलीले शिक्षा मन्त्री सस्मिता पोखरेलसँग भेट गरी विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक नीति, बजेट र संरचनागत तयारी तत्काल अघि बढाउन माग गरेको हो।

Dadeldhura hospital

मन्त्रालयमा भएको छलफलमा कम्तीमा ३०० शय्याको अस्पतालका लागि संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण पारित गर्न, अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गरी आधुनिक उपकरणसहित विशेषज्ञ सेवा सञ्चालन गर्न जोड दिइएको थियो। साथै, चिकित्सा शिक्षा सुरु गर्न आवश्यक पूर्वाधार निर्माण र बजेट सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

Navadurga sun
Godawari sandesh

टोलीमा उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिस्टार डा. खेमराज जोशी, डा. भीमबहादुर चन्द तथा संघर्ष समितिका संयोजक लोकराज पाण्डेय सहभागी थिए। उनीहरूले जनशक्ति व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सांसद खनालले आगामी आर्थिक वर्षमै चिकित्सा शिक्षा सुरु गरी ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। जवाफमा मन्त्री पोखरेलले चाँडै विश्वविद्यालय सभा बस्ने र आवश्यक बजेट व्यवस्थापनमा सरकार सक्रिय रहेको जानकारी दिएकी छन्।

Loading...