कैलालीमा सशस्त्र प्रहरीमाथि हातपात, ३१ जना तानिए

कैलाली- खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा स्थानीयको भीड पसेर डीएसपीसहितका सुरक्षाकर्मीमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ।

Ganyapdhura gau

भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि सो विषयमा टीकापुर उद्योग वाणिज्य संघको टोलीसँग गुल्ममै छलफल भइरहेको थियो। छलफल सकिएलगत्तै केही स्थानीय युवा आक्रोशित हुँदै गुल्मभित्र प्रवेश गरी सशस्त्र प्रहरीमाथि हातपातमा उत्रिएका हुन्।

Navadurga sun
Dadhaldhura pur

घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पालमाथि हातपात भएको छ। स्थानीयले डीएसपीले ज्यादती गरेको आरोप लगाएका छन्।

घटनापछि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरी बल नेपालले डीएसपी बाहेक गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई जिल्ला तान्ने निर्णय गरेको छ। साथै नयाँ टोली पठाउने तयारी गरिएको जनाइएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था र व्यापारी–प्रशासन सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...