अत्तरिया- कैलालीको अत्तरिया-धनगढी ६ लेन सडकमा बाँदर सँग मोटरसाइकल ठोक्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।



गोदावरी नगरपालिका १ मनहरामा सुप प्र ०१ ०१२ प २४०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका १ का ४० वर्षीय हर्क विष्ट र उनकी ३५ वर्षीय श्रीमती घाइते भएको हुन ।


घाइते दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।





