गौरीफण्टा नाकामा कोभिड–१९ साहायता कक्ष

धनगढी, २४ असोज- कैलाली संगै जोडिएको गौरीफण्टा नाकामा कोभिड–१९ साहायता कक्ष राखेको छ । दिगो विकास समाज भजनी र लुथ्रनको साझेदारीमा कार्डियोडको आर्थिक सहयोगमा आईतबार देखि साहायता कक्ष राखिएको हो । साहायता कक्षमा धनगढी उपमहानगरपालिकाको समन्वय समेत रहेको छ ।

Dadeldhura hospital

दसैँ, तिहार समयमा रोजगारको सिलसिलामा भारत गएकाहरु घर फर्किने हुँदा सीमामा अत्याधिक भिडभाड हुने गर्दछ । दिगो विकास समाज भजनीका सामाजिक परिचालक महेश सुनारले भारतबाट आउने नागरिकहरुलाई लक्षित गरी ४ दिने साहायता कक्षा राखेको बताए । ‘रोजगारको सिलसिलामा भारत गएकाहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गदैँ ४ दिने साहायता कक्ष राखेको छ’, उनले भने । ‘यस बाट नागरिकहरुलाई निःशुल्क सेनिटाइजर र मास्क दिनुका साथै जनचेतना समेत बाड्ने काम हुन्छ ।’ सुनारले आफु लगायत कोभिड–१९ सम्बन्धि सामाजिक परिचालक तिलख बडुवाल र मीना चौधरीले समेत परामर्श समेत गरिने बताए ।

Navadurga sun
Godawari sandesh

दसैँ तथा तिहार सुरु भएसंगै भारत बाट आउनेहरुको गौरीफण्टा तथा गड्डा चौकी नाकामा थामी नसक्नु भीड लागेको छ । आजभोली गौरीफण्टा नाकाबाट दैनिक ५ सय एक हजार सम्म भारत बाट आउने गरेका छन् ।

Loading...