थ्री डिभिएल क्रियसनले दशैं-तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अत्तरिया, २४ असाेज– कैलालीको अत्तरियामा रहेको थ्री डिभिएल क्रियसनले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । आइतबार एक औपचारीक कार्यक्रमको आयोजना गर्दै सँस्थाले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभदीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

सँस्थाका अध्यक्ष दिपक ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालीका वडा नं. २ का अध्यक्ष कृष्णराज जोशी रहेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा दुर्गालक्ष्मी बहुमखी क्याम्पसका क्याम्पस प्रमुख एवम सँस्थाका संरक्षण समितिका संयोजक डम्बर पाल, नेपाल लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष लीलाधर बास्कोटा नेपाली कांर्गेसका युवा नेता प्रेमराज भट्ट, न्यु प्रभात युवा क्लबका अध्यक्ष विरेन्द्र शाकि,अत्तरिया फुटबल एकेडेमीका अध्यक्ष सञ्जय ओझा, सान्नीकोट युवा क्लबका अध्यक्ष प्रेम बहादुर बोगटी, सँस्थाका पदाधीकारीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथी कृष्णराज जोशीले थ्री डिभिएल क्रियसनले महत्वपुर्ण र रचनात्मक काम गरिरहेको बताए । यो सँस्थाले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएकाे बताउँदै आगामी दिनमा पनी संयमता अपनाएर काम गर्नेछ भन्नेमा आफु विश्वस्त रहेकाे अध्यक्ष साउँदले बताए  ।

सँस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति दीपक ओझाले युवाहरुलाइ सामाजीक क्षेत्रमा क्रियाशील गराउन आफु सधैँ प्रयत्नशिल रहने बताए । उनले विजया दशमी तथा दीपावलीको शुभकामना व्यत्त गर्दै सँस्थालाइ सहयोग गर्ने र सुझाव सल्लाह दिने सबैलाइ धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी रहेका दुर्गालक्ष्मी बहुमखी क्याम्पसका क्याम्पस प्रमुख एवम सँस्थाका संरक्षण समितिका संयोजक डम्बर पालले बडा दशैँ, दिपावली तथा छठ पर्वको शुभकामना व्यत्त गर्दै सँस्थाले कोरानाको विपद्को समयमा आफ्नो ज्यानको प्रवाह नगरि सामाजीक सेवामा खटीएको बताए । सँस्थाका कोषाध्यक्ष क्षीतीज साँउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव एल आर ओझाले गरेका थिए ।

Loading...