डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

कर्णाली– कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन्। कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका वडा नं. १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Dadeldhura hospital

सुर्खेतको चौकुने गाउँपालिका वडा नं. १० र कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार ६ जनामध्ये ५ जना पौडिएर ज्यान जोगाउन सफल भएकाे बताए।

Navadurga sun
Godawari sandesh

डुङ्गामा १ पुरुष र ५ महिला यात्रु सवार थिए। दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ ।

Loading...