पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिए, ४ को मृत्यु

Dadeldhura hospital

काठमाडौं- पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड १९) बाट थप १५६ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ४४ सय १६ वटा स्वाब परीक्षण गराउँदा १५६ जनामा संक्रमण देखिएको हो। यो सहित संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ७० जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ। निको हुने दर ९८.४ प्रतिशत हो। त्यस्तै ५२ जना क्वारेन्टाइन र १२ सय ९९ जना आइसोलेसनमा छन्।

Loading...