फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सशस्त्र प्रहरीको कडा सुरक्षा योजना

धनगढी- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीले १६ वटै निर्वाचन क्षेत्रमा विस्तृत सुरक्षा योजना तयार गरेको छ।

Ganyapdhura gau

बाहिनीले सबै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा आधार शिविर स्थापना गरेको छ। फागुन ६ गतेदेखि छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिनेछ भने प्रत्येक क्याम्पमा डीएसपीको कमान्डमा बाहिनीस्तरीय रिजर्भ टोली खटाइने व्यवस्था गरिएको छ। निर्वाचनविरोधी गतिविधि रोक्न अनुगमन टोलीसमेत परिचालन गरिने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुवेदीले जानकारी दिए।

Navadurga sun

निर्वाचन सुरक्षाका लागि ५ हजार १ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिनेछ। सुदूरपश्चिम प्रदेशमा सवारी साधनको अपुगता रहेकाले प्रधान कार्यालयको निर्देशनअनुसार भाडामा लिएर भए पनि सबै क्षेत्रमा मोबाइल गस्ती बढाइने योजना बनाइएको छ।

Dadhaldhura pur

पहाडी तथा हिमाली क्षेत्रमा सञ्चार प्रणाली प्रभावकारी बनाउन रिपिटर टावर निर्माण गरिएको छ भने सशस्त्र प्रहरीलाई विशेष निर्वाचन सुरक्षा तालिम पनि दिइएको छ। सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना नियन्त्रण गर्न सूक्ष्म निगरानी बढाइएको सुवेदीले बताए।

प्रत्येक निर्वाचन क्षेत्रमा नेपाली सेनाको सहयोगमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचनसम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको छ। प्रत्येक मतदान क्षेत्रमा डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्स व्यवस्था गरिएको छ।

निर्वाचनलाई लक्षित गरी स्ट्राइक टोली र मोबाइल टोली सञ्चालनमा ल्याइएको छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मोबाइल टोलीको संख्या बढाइएको छ। सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली खटाइएका छन्, जसलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्ड दिइएको छ।

बाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको छ। दुर्गम तथा पहाडी जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको र निर्वाचनलाई सफल बनाउन सबै सुरक्षा निकायसँग समन्वय गर्दै उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...