


अत्तरिया- कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभा निर्वाचनको तिव्र प्रचारप्रसारमा जुटेको छ।



निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन रास्वपाले क्षेत्र नम्बर–४ का ३० वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ। मंगलबारसम्म गोदावरी नगरपालिकाका ९ वटा वडामा सम्पर्क कार्यालय स्थापना भइसकेको छ।


रास्वपा गोदावरी नगर सभापति दीपक ओझाका अनुसार बाँकी वडाहरूमा पनि केही दिनभित्रै सम्पर्क कार्यालय स्थापना गर्ने काम सम्पन्न हुनेछ।
कैलाली क्षेत्र नम्बर–४ अन्तर्गत गोदावरी नगरपालिकाका सबै १२ वडा, गौरीगंगा नगरपालिकाका ११ वडा, चुरे गाउँपालिकाका ६ वडा र मोहन्याल गाउँपालिकाको १ वडा गरी जम्मा ३० वडा समावेश छन्।





