


अत्तरिया- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीलाई थप व्यवस्थित बनाउन कैलाली निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय नयाँ स्थानमा सारिएको छ।



निर्वाचन आयोग, नेपाल अन्तर्गत सञ्चालनमा रहेको उक्त कार्यालय यसअघि गोदावरी नगरपालिका–१ स्थित कृषि तथा पशुपन्छी उपचार सेवा केन्द्रको भवनमा रहेको थियो। मतपत्र व्यवस्थापन, जनशक्ति परिचालन तथा मतगणनाजस्ता महत्त्वपूर्ण कार्यका लागि भवन अपर्याप्त भएपछि कार्यालय स्थानान्तरण गरिएको हो।


निर्वाचन अधिकृतको कार्यालय मिति २०८२ माघ १९ गतेदेखि गोदावरी नगरपालिका–५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्वतर्फ खेलमैदानसँगै जोडिएको खाली भवनबाट सञ्चालनमा आएको छ। उक्त कार्यालय सिद्धबाबा माध्यमिक विद्यालय, गेटी नजिक अवस्थित छ।
निर्वाचन अधिकृत हरि प्रसाद आचार्यका अनुसार नयाँ स्थानबाट सेवासुविधा थप सहज हुने र निर्वाचनका सम्पूर्ण कार्यहरू प्रभावकारी, सुरक्षित तथा व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास लिइएको छ।





