माछा मार्ने क्रममा टीकापुरमा एक जनाको मृत्यु

Dadeldhura hospital

टीकापुर, २२ असाेज– टीकापुर नगरपालिका–४, बाघमाराका करिब ४५ वर्षीय लिखराम चौधरीको माछा मार्ने क्रममा मृत्यु भएको छ । बाघमारामा रहेको टीकापुर–१/९ का मोहन साउदको पोखरीमा माछा मार्ने क्रममा बिहीबार राती उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

माछा पाल्ने दुई वटा माछापोखरी रहेको र एक पोखरीबाट अर्को पोखरीमा पानी मोटरबाट पानी फाल्ने क्रममा मोटरको नांगो तार भएर करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमबाट मृत्युको कारण थाहा हुन सक्ने जनाइएको छ ।

Loading...