

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले हालको निर्वाचनलाई देशको राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसर भएको बताएका छन् ।



साँफेबगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अछाम–१ का उम्मेदवारसमेत रहेका रावलले भने, “संविधानसभाको निर्वाचन जति महत्वपूर्ण थियो, अहिलेको निर्वाचन पनि उति नै महत्वपूर्ण छ । देशलाई बलियो बनाउने जिम्मा हामी आफैंको हो ।”


रावलले नेपाली संस्कृति कमजोर पार्ने प्रयास, प्राकृतिक स्रोतसाधन कब्जा, युवाको विदेश पलायन, र अन्तर्राष्ट्रिय संस्था तथा एजेन्डाबाट देशमाथि असर पर्ने गतिविधिप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा शिक्षकहरूले उठाएका प्रश्नको जवाफमा रावलले राष्ट्रिय स्वाधीनता, स्रोतसाधन संरक्षण र आत्मनिर्भर नीति मा जोड दिएका छन् ।

