


धनगढी- सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन् ।


जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र २ हजार जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका–४ माघी बस्ने ४८ वर्षीय बुद्धिराम चौधरी पक्राउ पेका हुन् । चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।





