प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरि ६६ औं प्रहरी दिवस मनायो




धनगढी,२० असोज- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरि ६६ औं प्रहरी दिवस २०७८ मनाएको छ ।कर्तब्य पालनाको सिलसिलामा आफ्नो प्राण आहुती गर्ने अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी संगठनलाई सहयोग पुर्याउने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी महिला संघकी अध्यक्ष पुष्पा कांडेलले सम्मान तथा प्रशंसा पत्र बितरण गरेका थिए ।


कर्तव्य पालनाको सिलसिलामा गत बर्ष कार्तिक १ गते धनगढी १२ जुगेडा प्रहरी चौकीबाट राति ८ बजे डिउटीमा निस्केको बेला आपराधिक समुहको आक्रमणमा परि सहादत प्राप्त गर्ने प्रहरी सहायक निरीक्षक (असई) गोबिन्द बिककी श्रीमती पुजा बिक र प्रहरी जवान रामबहादुर साँउदकी श्रीमती खिमा लामा साउदलाई सम्मान गरिएको थियो ।



