सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २० गतेदेखि हुने

धनगढी, १८ असोज- सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को बार्षिक कार्यक्रम अनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिईने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिईनेछ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगिताको सेमिफाईनलसम्म पुग्ने दुई टीमलाई २५/२५ हजार नगद सहित ट्रफी दिईनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिईनेछ । प्रतियोगिता आयोजना गर्नका लागि झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

जिल्लाहरुलाई टीम छनोटका लागि सुरुमा ५० हजार दिईएकोमा जिल्लाहरुले आफ्नो जिल्लाको टीम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरुको टीमको यातायातदेखि खानेबस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषदले व्यहोर्ने सदस्य सचिव सिंहले बताए ।

प्रतियोगिता आउन दुई बाँकी रहँदा तयारी पनि अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टीम बनाईने सिंहले बताए । उनले ती खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाईने सुदुरपश्चिम खेलकुद परिषदले जनाएको छ ।

Loading...