विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आईरन चक्की खुवाईने





धनगढी, १८ असोज– कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत किशोरीहरुलाई आईरन तथा फोलिड एसिड खुवाईने भएको छ । धनगढी उपहानगरपालिकाको आयोजनामा सुआहार संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा १० देखि १९ बर्षका किशोरीहरलाई आईरन चक्की खुवाइने लागेको हो ।


धनगढीका एक सय ८० विद्यालयमा कार्तिक महिना देखि विद्यालयमा नै आईरन चक्की खुवाईने सुआहारा पोषण तथा स्वास्थ्य अधिकृत नरबहादुर विकले जानकारी दिए । ‘आईरन चक्की विद्यालयलाई जिम्मेवारी दिएको छ’, उनले भने । ‘यसले गर्दा कीशोरीहरुलाई शारीरिक तन्दुरस्त बनाउन सहयोग पुग्छ ।’ आइरन चक्की ३–३ महिनाको फरकमा खुवाईन्छ । रक्तअल्पता नहुन दिनका लागि आईरन चक्की खुवाईन लागेको हो ।



अधिकांस किशोरीहरुमा रक्तअल्पता, शरीरमा रगतको अभाव हुने जस्ता समस्या देखिएका कारण किशोरीहरुलाई यो अभियान चलाउन लागेको हो । छात्रालाई सम्बन्धित विद्यालयमा पुगेर आईरन चच्की समेत खुवाउने जनाएको छ । किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको बताईएको छ । १० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन विद्यालय र स्वास्थ्यकर्मीहरुलाई जिम्मा दिईएको अधिकृत विकले बताए ।
किशोरीहरु १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउने अवधारणा सुआहाराले लिएको छ । उक्त आईरन चक्की पहिलो १३ हप्तामा १३ दिन १÷१ वटा क्याप्सुल खुवाईने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाईने अधिकृत विकले जानकारी दिए । यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
नेपालमा ४९ प्रतिशतमा रक्तअल्पता हुने गरेको तथ्यांक रहेको छ । यसका लागि सुआहाराको प्राविधि सहयोग र धनगढी उमहानगरपालिकाको आयोजनामा सामेबार विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुकीकरण समेत गरिएको छ । कार्यक्रममा उपमहानगरपालिका उप–प्रमुख शुशीला मीश्र भट्ट, स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहरा, शिक्षा शाखा प्रमुख लगायत शिक्षक र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उप–प्रमुख भट्टले यस अभियानले किशोरीहरुमा देखिने रक्तअल्पता जस्ता देखिने स्वास्थ्य समस्या न्यूनीकरण हुने विश्वास व्यक्ति गरिन् । स्वास्थ्य शाखा प्रमुख बोहराले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले आईरन चक्की वितरण कार्यक्रमले एकदमै प्रभावकारी बनाइने बताए । शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण समेत गरेको उनले बताए । धनगढीमा भएको अभिमुखी कार्यक्रम स्वास्थ्य शाखा सिनियर अनमी गीता भट्टले गरिकी हुन् ।



