काँग्रेस बाजुरा : देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने




अत्तरिया, १७ असोज– नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशन शनिबार देखि सदरमुकाम मार्तडीमा सुरु भएको छ । आज (आईतबार) बन्द सत्र हुने भनिए पनि अहिले सम्म सुरु हुन सकेको छैन् । नयाँ नेतृत्वका लागि निर्वाचनका लागी तिर पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । शनिबार देखि सहमतीको प्रयास भए पनि निस्कर्ष आउन सकेको छैन् ।


काँग्रेस भित्रको शेरबहादुर देउवा पक्षका बहालवाल जिल्ला सभापति कविराज पण्डितलाई उम्मेद्ववारी घोषणा गरिसकेको छ । यस्तै रामचन्द्र पौडेलबाट रामसिंह रावल लाई अगाडि सारेको छ । अर्को प्रत्यासी युवा नेतृत्वबाट महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह रहने भएका छन् । सभापतिका आकांक्षीहरू बढेपछि सहमती गर्ने प्रयास असफल भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।



सभापतिमा आफू निकट मान्छे ल्याउने जोडबलका कारण सो क्षेत्रमा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिएको छ । सदरमुकाम मार्तडीमा आफुपक्षीय नेता कार्यकर्ताहरु जम्मा गरेर भोट तान्ने प्रयास गरिरहेका छन् ।
देउवाका विश्वासिला पात्र पुर्व माननीय देवराज जोशीले सभापतिका आकांक्षी कविराज पण्डितलाई अगाडि सारेका छन । नेतृत्वको प्रत्यासी कविराज पण्डितले सकेसम्म सहमतीको प्रयास गरिने बताए ।
रामसिंह रावललाई पौडेल पक्ष र सिटौला पक्षका नेताहरु बद्री प्रशाद पाण्डे, पुर्व भूमिसुधार मन्त्री जनकराज गिरी लगायतका नेताहरूको साथ छ । नेतृत्व चयनका लागि देउवा पक्षका मतदाता निर्णायक देखिन्छ । नेतृत्वको आकांक्षी चक्रबहादुर शाहले युवालाई पुष्ता हप्तान्तरण गर्नु पर्ने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘३०/३५ बर्ष सम्म एउटै व्यक्तिले पार्टी ओगटनु हुँदैन । एक परिपार्टीको थालनी गर्नुपछ भन्ने नै हो’, उनले भने । ‘काँग्रेसमा युवाहरुले ठाउँ नपाईरहेको अवस्थामा पार्टीलाई गतिदिनका लागि युवा नेतृत्व आवश्यक छ।’ पार्टी युवालाई ठाउँ दिन सकेन भने पलायन हुने बताए ।
बाजुराका ६९ वडाहरुमा अधिकांस वडामा सहमतीकै आधारमा वडा तहको नेतृत्व चयन भएको हो । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ वाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो । जिल्लाको दुई वटा क्षेत्रमा ‘क’ मा सर्वसम्मत भएको हो भने ‘ख’ मा निर्वाचन भएको हो । जिल्लामा जम्मा मतदाताको संख्या वडा सभापति प्रदेश गरी एक हजार २ सय ४ रहेका छन् ।



