गोदावरी युवा क्लबकाे अध्यक्षमा मान बहादुर राई चयन




अत्तरिया, १६ असाेज– कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी युवा क्लबको अध्यक्षमा मान बहादुर राई चयन भएका छन् । आज सम्पन्न भएको क्लबको पाचौँ साधारण सभावाट राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन सर्वसम्मत चयन भएको हो ।



त्यसैगरी उपाध्यक्षमा यज्ञराज भाट, सचिबमा आशिका लामा, सह सचिबमा सबिता रानामगर र कोषाध्यक्षमा राधिका थापा चयन भएका हुन् । त्यस्तै सदस्यहरु सुरज घर्तीमगर, बिवेक पुनमगर, हुमुक पुनमगर, देब खड्का, मान बहादुर लामा र खगेन्द्र ऐडी चयन भएका छन् ।


उक्त क्लबको सल्लाहाकारहरुको चयन समेत गरिएको छ । सल्लाहाकारहरुमा प्रेम पुनमगर, दिल बहादुर मडै, बिनय मगर, सुरज थापा र रमिला तामाङ चयन भएका छन् । युवाहरुका माझ निकै लोकप्रिय रहेका नवनिर्वाचित अध्यक्षमा राई लामो समयदेखी युवाहरुको हकहितका लागि काम गर्दै आएका छन् । युवाहरुलाई एकजुट बनाएर समाज परिवर्तनका लागि आफुुले काम गर्ने उनले बताएका छन् । गोदावरी युवा क्लब २०६६ सालमा स्थापना भएको थियो ।



