कर्मचारी युनियनले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा प्रयोगशाला विभाग विजयी

धनगढी १५ असोज- गेटा आँखा अस्पताल कर्मचारी युनियनले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा प्रयोगशाला विभाग विजयी भएको छ । हिन्दु नेपालीहरुको महान चाड विजयादशी तथा शुभ दिपावलीको पावन अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा शल्यक्रिया विभागलाई हराउँदै प्रयोगशाला विभाग विजयी भएको हो ।

गेटा आँखा अस्पतालको खेलकुद प्राङ्गणमा संचालित शुक्रबार विहान अप्टिकल विभाग र प्रयोगशाला विभागबीच भएको पहिलो खेलमा प्रयोगशाला विभाग बिजयी भयो । प्रशासन विभाग र ओ.पि.डी विभागबीच भएको दोस्रो खेलमा प्रशासन विभाग विजयी भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी शल्यक्रिया विभाग र वार्ड विभागबीच भएको तेस्रो खेलमा शल्यक्रिया विभाग विजयी भएको गेटा आँखा अस्पताल कर्मचारी युनियनका सदस्य तथा प्रतियोगिताका उप-संयोजक नरेश मडैले जानकारी दिए ।

प्रतियोगितामा वार्ड विभागबाट राजेन्द्र पनेरु र कमल भट्ट, शल्यक्रिया विभागबाट विष्णु रेग्मी र खेम राज उपाध्याय, प्रयोगशाला विभागबाट हरीशमणी भट्ट र पवन शाह, ओपिडी विभागबाट श्याम देउवा र ईन्द्रजित थापा, अप्टिकल विभागबाट पुष्प राज चौधरी र दान विष्ट, प्रशासन विभागबाट नरेन्द्र राज विष्ट र सुशांक शाह प्रतियोगितामा सहभागी रहेको कार्यक्रम संयोजक नरेन्द्र राज विष्टले जानकारी दिए ।

प्रतियोगितामा विजयी तथा सहभागी भएको टीमलाई गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, सचिव जय बहादुर बुमी, कोषाध्यक्ष राजेन्द्र पनेरु, सदस्यहरु नरेश मडै, सुशांक शाह, कार्यक्रम संयोजक नरेन्द्र राज विष्ट, सल्लाहाकार महेश ओझा, स्टोर प्रमुख पुष्प चौधरी, प्रहरी युनिट ईन्चार्ज हवल्दार हेम राज भट्टले ट्रफी तथा प्रशंसा पत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।गेटा आँखा अस्पतालमा रहेको विभाग/विभाग बीच सम्पन्न भएको प्रतियोगितामा रेफ्री दिल बहादुर बोहरा, विनिज गुरुङ्ग र पदम राज शर्मा रहेका थिए ।

Loading...