कोभिडका समयमा ज्यान जोखिममा राखेर खटिएका २४ राष्ट्र सेवक कर्मचारी सम्मानित





धनगढी, १३ असोज- कोभिड-१९ को समयमा ज्यान खोखिमका राखेर खटेका २४ जना राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मानित गरिएको छ । ‘जसको कोही छैन त्यसको हामी छौ’ अभियान नेपालले बुधबार धनगढीमा एक कार्यक्रमको विच राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मानित गरेको हो ।


सम्मानित हुनेमा भजनी नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज विनाडी, घोडाघोडी नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह, शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका शाखा अधिकृत प्रतापसिंह धामी, बर्दगोरिया गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, चरे गाउँपालिकाका प्रशासकीय अधिकृत विविराज सोती रहेका छन् ।



त्यस्तैगरी सम्मानित हुनेहरुमा सेती प्रादेशिक अस्पताल धनगढीका फिजिसियन डा. निराजन शर्मा पौडेल, कैलारी गाउँपालिकाका अधिकृत यगम कलेल, प्राविधिक गोविन्द रोकाय, धनगढी उपमहानगरपालिकाका कम्प्यूटर शाखा प्रमुख भुवन खत्री, टिकापुर अस्पतालका कोभिड-१९ इन्चार्ज मेडिकल अधिकृत डा. रमेश कुमार उपाध्याय, लम्की चुहा अस्पतालका एमडिजिपी डा. नविन कुमार बम, घोडाघोडी नगरपालिकाका जनस्वास्थ्य अधिकृति कैलाश कुमार रावत रहेका छन् ।
सम्मानित हुनेमा धनगढी उपमहानगरपालिकाका सिनियर आहेव अधिकृत छैठौ लक्ष्मीराज उपाध्याय, बर्दगोरिया गाउँपालिकाका जस्वास्थ्य निरिक्षक कृष्णादेव जोशी, टिकापुर नगरपालिकाका सिनियर अहेवा अधिकृत छैठौ, बल बहादुर रावल, सुगरखाल स्वास्थ्य चौकी प्रमुख जयनन्द जैशी, लम्कीचुहा अस्पतालका कोभिड इन्चार्ज जनस्वास्थ्य निरिक्षक प्रेम बहादुर विक, जनस्वास्थ्य निरिक्षक तप्तबहादुर भण्डारी, गौरीगंगा नगरपालिकाका जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद भुसाल, गोदावरी नगरपालिकाका सिनियर अहेवा अधिकृत छैठौ विर बहादुर कुवँर, कोभिड अस्थायी अस्पताल धनगढीका स्टाप नर्स कल्पना विष्ट, मालाखेती अस्पतालका सिनियर अनमी निरिक्षक कृति पाठक, जोशी गाउँपालिका अस्पताल नर्सिङ निरिक्षक शान्ति चौधरी लगायत कोभिड अस्थायी अस्पताल धनगढीका सहयोगी उदय नाथ रहेका छन् ।
सम्मानित सबै जनालाई जिल्ला समन्वय समिति कैलाली प्रमुख सुर्य बहादुर थापा र उप प्रमुख सुन्दुरी देवी चौधरीले खादा, मालाका साथै सम्मानपत्र सहिट सम्मानित गरिएको थियो । कार्यक्रम ‘जसको कोही छैन त्यसको हामी छौ’ अभियान नेपालका संयोजक नेत्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्र सेवक कर्मचारीहरुलाई आधिकारिक संगठन ट्रेड यूनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले मन्तव्य व्यक्त गरेका थिए ।



